‘काबुल विमानस्थलमा अर्को हमला हुनसक्छ’

everest kitchen
photo file

काठमाडौँ । अफगानिस्तानको काबुल विमानस्थलमा फेरि अर्को आतंककारी हमला हुनसक्ने भएकाले अमेरिकाले आफ्ना नागरिकहरुलाई विमानस्थलबाट तुरुन्त हट्न निर्देशन दिएको छ । अमेरिकी दूतावासका तर्फबाट जारी गरिएको अलर्टमा विमानस्थलको अब्बे गेट, पूर्वी गेट र उत्तरी गेटबारे उल्लेख गरिएको छ ।

अमेरिकी सैनिकले काबुल छोड्नुभन्दा पहिले आतंककारी हमला हुनसक्ने भन्दै अमेरिकी राष्ट्रपति जोड बाइडेनले राष्ट्रिय सुरक्षा टिमलाई सतर्क रहन चेतावनी दिएका छन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीका अनुसार काबुल विमानस्थलमा सुरक्षाको हर सम्भव व्यवस्था मिलाइँदैछ ।

‘तमाम खतराबीच हाम्रा सैनिक मानिसहरुलाई निकाल्ने मिसनमा जुटेका छन् । तर, यस मिसनमा आगामी केही दिन निकै खतरनाक हुनेछ’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैबीच अमेरिकाले अफगानिस्तानमा आईएसआईएस खुरासान समूहमाथि ड्रोन हमला गरेको छ ।

अफगानिस्तानको नंगरहार प्रान्तमा भएको यस हमलामा काबुल विमानस्थल हमलाका मुख्य योजनाकार मारिएको अमेरिकी दाबी छ । यसअघि बिहीबार काबुल विमानस्थलमा हमला भएको थियो, हमलामा मर्नेको संख्या १ सय ७० पुगेको छ । त्यसैगरी १२ सय ७६ जना घाइते छन् ।