देश कहाँ जाला ?

everest kitchen

लघुकथा – देश कहाँ जाला ?

वनमाली निराकार
देशमा देखिएका लथालिङ्ग चालाकाे चिन्ताले चिन्तित केही व्यक्तिहरू आफ्ना साथीहरूसँग बसेर छलफल गरिरहेका थिए । त्यहाँ देशका हरेक क्षेत्रमा देखिएका विकृति विसंगतिका विषयमा चर्चा भैरहेकाे थियाे ।

त्यत्तिकैमा नागरिक ‘क’ले प्रश्न उठायाे- ‘हैन साथीहरू, यस्तै चाला रहिरहे हाम्राे देश कहाँ जाला ?’
नागरिक ‘ख’ले लापरवाहीपूर्वक जवाफ दियाे, ‘कता जाला र ? खूब गए त्यहीँ दिल्ली सम्म त हाे।’

‘ग’ले आश्चर्य प्रकट गर्याे, ‘दिल्ली सम्म ‘ कसरी ?’ ‘ख’ले प्रष्ट पार्दै भन्याे, ‘ हाे , दिल्लीसम्म, अन्यत्र जानलाई त ‘भिसा’ चाहिन्छ नि त ।’