दाङ्गमा श्रीमतीले हँसिया र बाँसको लठ्ठी प्रहार गर्दा श्रीमानको ज्यान गयो

everest kitchen
साङ्केतिक फाेटाे

दाङ्ग। एक महिलाले आफ्नै श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी ज्यान लिएकी छन् । दाङ्ग तुलसीपुरकी ती महिलाले घरायसी विवाद हुँदा आफ्नै श्रीमान्को ज्यान लिएकी हुन्।

तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी ह;त्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिए ।

आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।