एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम चयन

everest kitchen


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रियसभामा संसदीय दलको नेता बेदुराम भुसाललाई चयन गरेको छ । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दलको नेता चयन गरेको हो ।

राष्ट्रियसभामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका सात जना सांसद छन् । कलम चिन्ह लिएर स्वतन्त्र जितेका सांसद खिमलाल देवकोटा पनि सोही पार्टीमा समावेश हुने सम्भावना छ ।

वामदेव गौतम समेत मिसिएमा राष्ट्रियसभामा एकीकृत समाजवादी तेस्रो ठूलो दल हुनेछ ।