माधव नेपालहरुले समाजवादी बाटो समातेर एकतह स्तर बढाए : किराती

everest kitchen

काठमाडौँ । लेखक तथा जनता समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेर समाजवादी मोडेलको राजनीति शुरु गरेसँगै राजनीतिक वृत्तमा चेतनाको हिसाबले एकतह स्तर बढाएको टिप्पणी गरेका छन् । उनले युथ रिडर्स नेपालले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बत्ताएका हुन् ।

समाजवादी नाम राखेर आफ्नै पार्टीभित्र र बाहिर पनि अनेक नमुनाहरु देख्दै र भोग्दै आएकाले माधव नेपाल समूहलाई भनाई र गराईको तालमेल मिलाउन अपिल गर्दै जसपासँग समाजवादी मोडेलको बारेमा बहस, एकता र धुबीकरणको लागिसमेत आग्रह गरेका छन् ।

किरातीले पुराना पार्टीमा रहने मात्र नभएर समाजवादी नामभित्र गोलवद्ध हुनेहरु समेत अधिकाङ्श कर्मकाण्डी प्रवृतिका देखिएकाले समाज रुपान्तरणको लागि व्यापक ध्रुवीकरण आवश्यक रहेको बत्ताएका छन् ।