सभापतिको उम्मेदवार छान्न रामचन्द्र पौडेल समुह बैठक बस्दै

everest kitchen

काठमाडौ। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्दैछ ।

संस्थापनइतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो। स्वयं पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला गरी पौडेल समूहमा सभापतिका लागि चार नेता सभापति पदका लागि आकांक्षी छन् देखिएका छन् ।

अधिवेशन शुरु हुनुअघि साझा उम्मेदवार तय गर्ने, नभए कम्तीमा एउटा मात्रै उम्मेदवार बन्छौं भनेर सामूहिक प्रतिवद्धता जनाउने तयारी पौडेल समूहको छ । स्रोतका अनुसार नेताहरुबीच सहमतिमा उम्मेदवार चयन गर्न निरन्तर छलफल भइरहेपनि सहमति भने जुट्न सकेको छैन ।