लघुकथा – नयाँ सारी
अनुग्रह राना मगर ‘पुस्प’
आज बिहानै हर्के ठिकठाक परेर सुन्तलीलाई बोलाउँदै भन्न थाले । “ओइ एक बटुको बनाउ त ? होइन एका बिहानै चिसो हुन्छ त ? पानी तताएर बनाउन .. हस् अनि आज चाँडै कहाँ जानुहुने होर .. भनेर सुन्तलीले सोधी । बजार तिर.. भनेर जवाफ फर्कायो हर्केले । किन के छ काम ? अझै प्रश्न तेर्साई । पछि भन्छु नि भन्दै बनाएको एक बटुको स्वाट पारेर बजारतिर लागे ।
हिजै देखिको उत्साह थियो हर्केमा । आज धेरै बर्ष पछि पूरा हुने भयो भन्दै एक्लै बाटोमा गुनगुनाउँदै जाँदै थिए । उता बाट कर्णबिर आउँदैथ्यो । हर्केले नदेखे पनि कर्णबिरले भने उसले गुनगुनाउँदै गरेको कुरा पनि हल्का थोर बहुत सुनेको थियो ।
दुवैजना बाटोको बिचमा भेट भए । हैन हर्के तँ कता लागिस् गुनगुनाउँदै ? कर्णबिरले भन्यो । हजुर म बजारतिर … सिधा जवाफ फर्काए। किन नि ? फेरि.. प्रश्न गर्यो कर्णबिरले ।
उ मन मनै खुशी थियो । आज खुशिको सिमाले पनि नाघी सकेको थियो । एक त त्यो बिहानको बटुकोले पनि हिहिही को हाँस्ने शैलिमा माथी दिमाग घुमाउँदै थियो ।
त्यतिकैमा उसले भन्यो नयाँ सारी …। कर्णबिरले नबुँझेर फेरि सोध्यो … नयाँ सारि … ?
(बुझाउँदै ) हो त कर्ण दाइ आज मेरी प्यारिको जन्मदिन .. ।त्यसैले बर्षौँ देखिको मनको चाहना पूरा गरौँ भनेर उपहार स्वरुप दिनलाई हिनेको बजारतिर किन्नलाई नयाँ सारी …
ए ल ल जाऊ जाऊ नयाँ सारी … कर्ण पनि गुनगुनाउँदै लाग्यो मेरि डल्लिको चाहिँ कहिले रहेछ नि ? संखुवासभा हाल मलेसिया ।