कर्णाली प्रदेशका तीन सांसद नेकपा (एकीकृत समाजवादी) तीर खुले

everest kitchen

सुर्खेत । कर्णाली प्रदेशका तीन जना सांसद नेकपा (एकीकृत समाजवादीमा) खुलेका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् ।

उनीहरुले बुधबार (आज) नै आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने बताएका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही केन्द्रीय समितिमा समेत रहेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढालाई कारबाही गरिएको थियो । उनीहरु समाजवादीको प्रदेश कमिटीमा भने एकताबद्ध छन्। यसअघि माधवकुमार नेपाललाई साथ दिँदै आएका अन्य नेताहरुले भने अझै खुल्न सकेका छैनन् ।