प्रदेश १ मा एमालेका १० सांसद नेपालतीर मुख्यमन्त्री भीम आचार्य अल्पमतमा

everest kitchen

विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले बुधबार एकीकृत समाजवादीमा सनाखत गरेसंगै मुख्यमन्त्री भिम आचार्य अल्पमतमा परेका छन् ।

एकीकृत समाजवादी रोजृका राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन् ।

माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले विश्वासको मत लिनुपर्नेछ ।