काठमाडौंमा निषेधाज्ञा हट्यो: विद्यालय खोल्न पाईने

everest kitchen

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले उपत्यकामा जारी निषेधाज्ञा हटाएको छ । जिल्ला प्रशासनले आज एक आदेश जारी गर्दै विषेधाज्ञाको अन्त्य भएको जनाएको हो ।

निषेधाज्ञा हटेपछि अहिले बन्द रहेका विद्यालयहरु खोल्न सकिने प्रशासनले उल्लेख गरेको छ । यद्यपि त्यसका लागि सम्बन्धीत विद्यालयले सीसीएमसीसंग समन्वय गर्नुपर्ने छ । साथै कुनैपनि स्थानीयतहले विद्यालय सञ्चालन गर्नपरे जिल्ला क‍ोभिड-१९ नियन्त्रण समितिसंग समन्वय गरेर सञ्चालन गर्नुपर्ने समेत जनाएको छ ।

यस्तै, अनावश्यक रुपमा मानिसहरु जम्मा हुने भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि भने पुर्ण रुपमा बन्द नै रहने । यस अवधिमा पर्ने चाडवपर्वहरुमा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङकेतिक रुपमा मात्र मनाउन पाउनेछन् ।

त्यस्तै, स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेजम्म गर्न पाउनेछन् । सार्वजनिक तथा नीजि निमार्णको कार्यका लागि सामाग्रहरु ढुवानी गर्दा बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म गर्न पाउने ।