प्रवासी नेपाली श्रमिक लक्षित ‘तनाव ब्यबस्थापन तथा मनोपरामर्श’ कार्यक्रम हुने

everest kitchen

दिनेश खड्का’खप्तडी’
मलेसिया। तनाव ब्यबस्थापन तथा मनोपरामर्श विषयमा भर्चुअलको माध्यमबाट यहि सेप्टेम्बर ५ तारिख अन्तक्रिया कार्यक्रम हुने भएको छ ।सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति मलेसियाको आयोजनामा अन्तक्रिया कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा तनाव ब्यबस्थापन तथा मनोपरामर्श विषयका विज्ञहरुले जानकारी दिनुहुने,राष्ट्रिय समिति मलेसियाका अध्यक्ष तुलाराम धामीले बताए ।

विश्वका बिभिन्न मुलुकका बसोबास गर्दै आएका विशेष गरि प्रवासमा रहेका आ‌म नेपालीमा पछिल्लो कोरोना महामारी साथै अन्य विभिन्न विषयमा उत्पन्न तनाव र यसको मानसिक समस्याहरु देखापर्दै गएको अवस्थामा यो कार्यक्रम एक्दमै उपयोगि हुने राष्ट्रिय समिति मलेसियाका संरक्षक समिर मल्लले बताए ।

कार्यक्रममा मनोपरामर्श विशेषज्ञ डाक्टर स्वामी कृष्णले विशेष चेतनामुलक जानकारी दिने बताइएको छ । आफनो व्यस्तको कारण मानसिक तनाब हुनुपरेको अवस्थामा कार्यक्रमले केही महत्वपूर्ण सन्देश तथा यसको व्यवस्थापनका उपायहरु समेत दिने अपेक्षा गरिएको छ । उक्त अन्तक्रिया कार्यक्रम मा विश्वका विभिन्न मुलुकमा रहेका प्रवासी हरुको सहभागिता रहने बताइएको छ ।

सामाजिक क्षेत्रमा आफ्नो महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको पिएनसिसि मलेसियाको सहयोगमा यो अन्तर्क्रिया कार्यक्रम हुन लागेको हो। कार्यक्रम यहि आईतबार मलेसियाको समय अनुसार साझ ७ बजेबाट सन्चालन हुने छ ।