सुदूरपश्चिम प्रदेशसभामा हालसम्म नेपालको पक्षमा १० जना सांसदको सनाखत

everest kitchen


कैलाली । सुदूरपश्चिम प्रदेशमा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा १० जना प्रदेश सभा सदस्यले सनाखत गरेका छन् ।

एमालेबाट १४ सांसद विभाजन गरेर सबै भन्दा ठूलो दल बन्ने तयारी गरेको नेकपा एकीकृत समाजवादी पार्टीमा हालसम्म १० जना सांसदले सनाखत गरेको र बाँकी तीन जनाले पनि सनाखत गर्ने दाबी गरिएको छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा हाल ५२ जना प्रदेशसभा सदस्य छन् । हाल प्रदेशमा सबै भन्दा ठूलो दल रहेको एमालेका २५ सांसद छन् । त्यस्तै माओवादी केन्द्रका १३ कांग्रेसका १२ र जनता समाजवादी पार्टी जसपाका २ सांसद छन् ।

एकिकृत समाजवादीको तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, अमरबहादुर साउद, बलबहादुर सोडारी कुलवीर चौधरी र सुशीला बुढाथोकीले सनाखत गरेका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना राज्य मन्त्री अर्चना गहतराजले पनि सनाखत गर्ने बताएको छ । यद्यपि उनीहरू अहिलेसम्म खुलेको वा नखुलेको भन्ने बारे स्पष्ट भईनसकेको बताएको छ ।

सुदूरपश्चिम प्रदेशमा यसअघि भिम रावलले माधव कुमार नेपाललाई साथदिदा नेपालको पक्षमा १७ जना सदस्य रहेकोमा रावल एमालेमै नै रहने भएपछि केही सदस्यहरु एमालेमै रहने बताएको छ ।