भारतविरुद्ध पहिलो हाफमा नेपाल १–० ले अगाडि

everest kitchen

काठमाडौं । भारत विरुद्धको मैत्रिपूर्ण खेलमा पहिलो हाफ सकिँदासम्म नेपाल १–० ले अघि रहेको छ । दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् ।

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रीपूर्ण खेल खेलेका हुन् । कोरोना महामारीका बीच खेल हेर्न बाक्लो संख्यामा रंगशालामा दर्शक देखिएका छन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसगँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म हुनेछ । प्रशिक्षक अलमुताइरीले आफनो टोलीेको मुख्य लक्ष्य पनि साफ च्याम्पियनसिप नै भएको बताए ।

साथै उक्त खेल हेर्न करिब ५ हजार दर्शकले रंगशाला प्रवेश पाएका छन् ।