जीविकोपार्जन

everest kitchen

लघुकथा – जीविकोपार्जन

म्यामराज राई
-“जेठो दाई मुर्दावाद!” -“माइलो-साइँलो जिन्दावाद!”
भाषण गर्दै गरेको ठाउँतिर ठूलो एक हुल चर्को नारा लगाउँदै अगाडि बढ्छ।त्यो टोलको मुलघरमा माइलो र साइँलोले संयुक्त रुपमा सभाको आयोजना गरेका थिए।”करिब चार घण्टा जति भएपछि दाई सम्झौता बमोजिम समय सकियो,पैसा दिनुहोस्”,नाराबाजी लगाउने समूह प्रमुखले भने;”अब कहिले आउनुपर्ने हो?भन्नुहोस् है”भन्दै बिदा भए।

-“माइलो-साइँलो मुर्दावाद!” -“जेठो दाई जिन्दावाद!”
पल्लो टोलको जेठो दाईको सभामा नाराबाजी गर्न मान्छे भेला पार्ने पनि त्यही हिजोको समूह प्रमुखले नै ठेक्का पाएका रहेछन्।हिजोको जस्तै चार घण्टे सम्झौतामा ठीक समयमै नारा लगाउँदै आईपुगे।ठूल्ठूलो आवाजमा चारैतिर घन्काए।

सिंगो गाउँका केटाकेटी,युवायुवती तथा बुढाबुढीहरुले राम्रै आम्दानी गरे।मासुभात खाने मेलो बनेकोमा दंग थिए।”अझै ठेक्का हत्याउनुहोस् है दाई”,आशावादी लवजमा आवाज आयो र फेरि अगाडि थप्दैथियो”यस्तै कार्यक्रम भइरहे त अरु काम खोज्नु पर्ने थिएन।” (हतुवागढी-६, होम्ताङ्,भोजपुर,हाल:-जापान)