कमेडी च्याम्पियनको अबको शोमा ऋचा शर्मा निर्णायक भूमिकामा नदेखिने

everest kitchen

काठमाडौं । अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् । आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् ।

‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।

उनले बिदा लिएपछि अव शोमा निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन् ।

सो समय डाक्टरले दिएको आमा बन्ने मिति भएकाले अहिलेसम्म शोमा रहेपनि फाइनलमा भने उपस्थित हुन नसक्ने उनले बताईन।