आवश्यकताभन्दा बढी कर्मचारी रहेको वायुसेवा निगमको ५० अर्ब ऋण

everest kitchen

काठमाडौं। ११ अर्ब संचित नोक्सानीमा रहेको नेपाल वायुसेवा निगमको हालसम्म ५० अर्ब ऋण पुगेको छ। अर्थमन्त्रालयमा आयोजित छलफल कार्यक्रममा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले यस्तो जानकारी गराएका हुन्।

उनका अनुसार साढे पाँच सयको हाराहारीमा आवश्यकताभन्दा बढी कर्मचारी रहेका छन्। राजनैतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको उनले बताए।

विश्वका विभिन्न एयरलाइन्सहरुले एक एयरक्राफ्ट बराबर औसत एक सय २५ कर्मचारी राख्ने गरेकोमा निगमसँग एक एयरक्राफ्ट बराबर २३० जना कर्मचारी रहेको पौडेलले स्पष्ट पारे।