एमालेका उपाध्यक्ष वामदेव गौतमको पार्टीबाट राजीनामा

everest kitchen

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीको आन्तरिक विवादको क्रममा मध्यमार्गी रुपमा तठस्थ एकता अभियान चलाइरहेका गौतम पार्टी विभाजन भएसंगै एमाले नरहने निर्णय गरेका हुन ।

गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएको गौतमका स्वकीय सचिव दिपक टमाटाले जानकारी दिए ।

गौतमले एमाले अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका छन् । उनले भनेका छन्, ‘तपाईं नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित कार्यदिशालाई कहिल्यै पनि अवलम्बन गर्नुभएन ।

त्यस्तै उनले भनेका छन्, “नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रलाई तपाई प्रधानमन्त्री भएपछि आफ्नो कार्यकाल भरी त्यसलाई लागु गर्नुभएन । तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक पटक सर्वोच्चका संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन ।’