ड्युटि सकेर कोठा फर्किदा गाडीमै मृत्यु

everest kitchen

मलेसियाको एक कम्पनीमा कार्यरत युवकको ड्यूटि सकेर कोठा फर्किने क्रममा ३ सेप्टेम्बर २०२१को दिन गाडीमै मृत्यु भएको छ ।
रामेछाप जिल्ला, खाँडदेवी–२ निवासी पूर्णलाल मोक्तान काम सकेर कोठा फर्किनको लागि कम्पनीको बसमा यात्रारत थिए । तर, उनि आफू बसेकै सिटमा मृत भेटिए । उनिसँग यात्रा गर्ने साथीहरुका अनुसार उनी हृदयघात भएर मृत्यु भएको हुनसक्छ ।
मलेसिया स्थित टपग्लोब रबर कम्पनीमा कार्यरत उनको पार्थिब शरिरलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको छ ।