यातायात व्यवस्था विभागले दिन थाल्यो अस्थायी ड्राइभिङ लाइसेन्स

everest kitchen

काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायी रुपमा एक बर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको विभागले जनाएको छ ।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागले उल्लेख गरेको छ ।

हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गरिने पनि भएको छ ।