कुसल थलङको ‘समुन्द्र पारी’ (भिडियो )

everest kitchen

काठमाडौ । कुसल थलङको आवाजमा रहेको ‘समुन्द्र पारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गीतमा खड्ग पौडलेको शब्द, कृष्णकुमार राईको संगीत, टेकेन्द्र यक्सोको संगीतसंयोजन रहेको छ ।

भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन र छायाङ्कन रहेको ‘समुन्द्र पारी’को भिडियोमा सुजता थुलुङ राई र युवाहाङ राईको मुख्य अभिनय रहेको छ भने साथमा कानुन लिम्बु, रोयल लिम्बु, रमेश मिभक र सुमन आङ्देम्बेले पनि साथ दिएका छन् ।

युवाहाङ राईकै परिकल्पना रहेको सो म्युजिक भिडियो कुसल थलङ युट्युब च्यानलबाट सार्वजनिक भएको हो । यसअघि पनि थुप्रै भिडियोहरु निर्माण गरेका अघिल्लो भिडियो जस्तै यसलाई पनि दर्शकले मन पराउने आशा रहेको बताए ।