न्यौपानेको काजक्रियाका लागि आर्थिक सहयोग

everest kitchen

बुधराज लिम्बु
ईलाम । कम्जोर आर्थिक अवस्था भएकी मृतक महिलाको परिवारलाई काजक्रियाका लागि माई नगरपालिकाले आर्थिक सहयोग गरेको छ।

माई-४ शुक्रबारेकी ५० बर्षिय पबित्रा न्यौपानेको गत आईतवार निधन भएपछी उनको काजक्रिया गर्न परिवारका सदस्यलाई माई नगरपालिकाको तर्फबाट प्रमुख दिपक कुमार थेवेले आर्थिक सहयोग गरेका हुन । मेयर थेबेले न्यौपानेको घरमै पुगेर नगद ३० हजार विहिबार प्रदान गरेका छन् ।

परिवारकै संरक्षक न्यौपानेको गत आईतवार दम रोगका कारण निधन भए पछी उनका छोराछोरीहरु काजक्रिया गर्न आर्थिक समस्यामा परेका थिए । मृतक न्यौपानेका श्रीमानको पनि ५ बर्ष अघि निधन भए पछी पबित्राले जेनतेन परिवारको हेरचाहा गर्दै आएकी थिईन।

न्यौपाने ‌ परिवारमा ३ जना अशक्त र बाल्य अबस्थाका छोराहरु र विवाह भएर गएका ४ छोरीहरुले अहिले काजक्रिया गरि रहेका छन्। गत बर्ष पनि न्यौपाने बिरामी हुँदा स्थानीय शुक्रबारेबासीले आर्थिक सहयोग गरि उपचार गरेका थिए ।