जसपा मकवानपुर जिल्ला सदस्य राजेन्द्र वाईबा एमाले प्रवेश

everest kitchen

सविन कुमार लोप्चन
मकवानपुर । जसपा मकवानपुर जिल्ला सदस्य राजेन्द्र वाईबा तामाङ जसपा परित्याग गरि एमाले प्रवेश गरेको छ।मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा- १५ मा भएको पार्टी प्रवेश कार्यक्रममा जसपा नेता तामाङ लगायत विभिन्न पार्टी परित्याग गरि ३५० जना एमाले प्रवेश गरेका हुन ।

पार्टी एकता पछि पनि जसपा भित्र भएको किचलो र पार्टी फुटको समस्य भएको र आफुले बिगत ९ बर्ष देखि जसपामा रहेर पार्टीको विधि-बिधान अनुसार काम गर्दै आएपनि पार्टीमा स्थिरता नपाएपछि देशको लागि आबस्यक रहेको पार्टी एमाले रोजेको नेता तामाङले बताए ।

पार्टी प्रवेश गरेका तामाङ लगायतलाई निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता डोरमणी पौडेल, युवा संघ जिल्ला ईन्चार्ज सुनिल मोक्तान तामाङ लगायतका नेताहरुले स्वागत गरेका थिए । एमाले प्रवेश गरेका तामाङ नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्षसमेत रही सकेका छन भने उनी हेटौंडाका एक रेष्टुरेन्ट व्यवसायी पनि हुन ।