चेपाङ समुदायको महान चाँड न्वागी छोनाम पर्व राक्सिराङमा हुँदै

everest kitchen

मकवानपुर । चेपाङ समुदायको महान चाड न्वागी छोनाम पर्व मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकाको कार्यलयको प्राङ्गणमा भदौ २२ गते हुने भएको छ।

कार्यक्रममा नेपाङ समुदाय पहिलो गायक रबिन चेपाङ त्यसै गरि गायिका सुनी माया चेपा, प्रशान्त चेपाङ लगायत अन्य थुप्रै चेपाङ कलाकार हरुको साथमा बृहत साँस्कृतिक कार्यक्रम तथा भेटघाट कार्यक्रम हुने भएको हो।

कार्यक्रममा चेपाङ समुदायका नेता तथा देश भरिका चेपाङ समुदायको उपस्थितिमा मौलिक भेषभुषा प्रदर्शन हुने भएको छ । कार्यक्रम नेपाल चेपाङ संघ राक्सिराङ गाउँ कार्यकरणी समितिले आयोजना गरिएको समिति सचिब प्रशान्त चेपाङले बताए।

कार्यक्रममा तमाम चेपाङ तथा गैर चेपाङ आमा बुबा दाजुभाइ तथा दिदिबहिनी हरुलाई उपस्थित भइ कार्यक्रम सफल बनाईदिन सचिब चेपाङले अनुरोध गरेका छन् ।