अमेरिकाको डिभी परेपछि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ६ जना पक्राउ

everest kitchen

काठमाडौं। सन् २०२०को अमेरिकाको डिभी परेपछि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी अमेरिका जान खोजेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। शैक्षिक योग्यताको कागजात उनीहरूले नक्कली बनाएर पेश गरेको आरोप छ।

पक्राउ पर्नेमा पाल्पाका ३५ वर्षीय सुमितरत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल, नवलपरासीका ३० वर्षीय नरेश केसी, ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रेका ३३ वर्षीय दिप बिष्ट र काठमाडौंका सोहिली शाही रहेका छन्।

गोप्य सूचनाको आधारमा खटिएको महाशाखाको टोलीले शुक्रबार काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ महाशाखाले जनाएको छ।

उनीहरूले प्रयोग गरेको विभिन्न नक्कली प्रमाणपत्र समेत प्रहरीले बरामद गरेर अनुसन्धान सुरु गरिएको पोराहरिले जनाएको छ ।