एनआरएनए जापानको अधिवेशन बारे परराष्ट्र मन्त्रालयले माग्यो स्पष्टीकरण

everest kitchen

काठमाडौं । गैरअवासिय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनका विषयमा परराष्ट्र मन्त्रालयले चासो देखाएको छ। अधिवेशनमा धाँधली भएको गुनासो आएपछि मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई स्पष्टिकरण सोधेको छ।

एनआरएन जापानको दशौं अधिवेशनमा धाँधली भएको दाबी गर्दै जापानस्थित नेपाली राजदूतले लेखेको पत्रको आधारमा स्पष्टिकरण सोधिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले लेखेको पत्रमा जापानको दशौं अधिवेशनबारे पाँच दिनभित्र जवाफ पठाउन आदेश दिइएको छ ।

टोकियो दूतावासले मन्त्रालयलाई लेखेको पत्रलाई मुख्य आधार मान्दै मन्त्रालयले जापानलगायत मुलुकमा प्रविधिको दुरुपयोग भएको विषयमा सत्यतथ्य बुझेर जवाफ दिन समन्वय परिषदलाई आदेश दिएको छ ।

एनआरएनए महासचिव डा. हेमराज शर्माले नेपाल सरकारको पत्रलाई संघले सकरात्मक रुपमा लिएको जनाएका छन् । सरकारी पत्रले संस्थालाई विधि र विधानभन्दा बाहिर गएर निर्णय गर्ने अधिकार कसैलाई छैन भन्ने थप सन्देश दिएको उनले बताए ।