चेपाङको पर्व न्वागिमा गाउँपालिकाद्धारा सार्वजनिक बिदा

everest kitchen

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिकाले भदौ २२ गते चेपाङ समुदायको महान चाँड न्वागी छोनाम पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ।

गाउँपालिका भित्र अति सिमान्तकृत चेपाङ जाती बहुल्यता भएको हुँदा यस पर्वको अवसरमा सार्वजनिक विदा दिएको बताएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै सार्वजनिक विदा भएको जानकारी गराएको हो ।

कोभीड १९ संक्रमणको जोखिम अझै रहेको हुँदा उचित मापदण्ड पालना गरि भिडभाड नगरी पर्व मनाउन अनुरोध गरिएको गाउँपालिका अध्यक्ष राज कुमार मल्लले बताए ।