एकै परिवारको सामुहिक ह”त्यास्थल प्रकरणमा तालिम प्राप्त कुकुर परिचालन

everest kitchen

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको सामूहिक ह”त्यास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनास्थलमा ‘डग स्निफिङ’ गराएको वडाअध्यक्ष खेमनाथ कटुवालले बताए ।

सोमबार दिउँसो मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको शव फेला परेको थियो ।

उनीहरूको शव घरबाहिर चार ठाउँमा फेला परेको छ । ८ वर्षीय बालकको शव घरभन्दा १ किलोमिटर पर बारीमा फेला परेको छ । रञ्जन कार्कीको शव खोलामा र ५२ वर्षीय तेजबहादुरको शव सडकमा फेला परेको प्रदेश–१ प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलबाट ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जीवित नै भेटिएका छन्। श्रीमतीसहित परिवारका सबै मारिँदा पनि उनले थाहा पाएनन्। उनी काम कम सुन्ने र स्पष्ट नदेख्ने बृद्ध रहेको बताएको छ ।

एकै पटक मारिएका कार्की परिवारको आर्थिक अवस्था सामान्य छ। दुई जना छोरा नरेश र रमेश डेढ वर्षदेखि विदेशमा छन्। नरेश मलेसियामा छन् भने रमेश दुबईमा छन्।

घटनास्थलमा स्थानीयको भिड जम्मा भएको छ। केही प्रहरीको टोलीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ। तर कसले किन हत्या गरेको भन्ने खुलेको छैन। ‘उहाँहरूको गाउँघरमा झै-झगडा भएको भन्ने पनि बुझिएन। कसले किन परिवारकै हत्या गर्‍यो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।