कोरियामा श्रमिक पठाउने तयारी

everest kitchen
photo file

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ ।

भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १० हजार युवालाई कोरिया पठाउने सम्बन्धमा दुई देशका प्रतिनिधित्व छलफल भएको हो ।

कोरोना संक्रमणको दर दुवै देशमा कम भएपछि जनस्वास्थ्यका मापदण्ड पूरा गरेर लैजाने सम्बन्धमा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकबीच छलफल भएको हो । समाचार आजको कारोबार दैनिकमा छ ।