क्यानडाका प्रधानमन्त्री जस्टिनमाथि ढुंगा प्रहार

everest kitchen

एजेन्सी । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई लक्ष्यित गर्दै ढुंगा प्रहार भएको छ । यद्यपि, उनलाई कुनै चोट लागेको छैन । सोमबार ओन्टारियोको लन्डन शहरमा एक ब्रुअरीको भ्रमणबाट फर्केर बस चढ्दै गर्दा टुडोमाथि ढुंगा प्रहार भएको हो ।

पत्रकारहरुलाई उनले आफ्नो काँधमा एउटा ढुंगा लागेको तर चोट नलागेको बताए । क्यानाडाको सीटीवी नेसनल न्यूजका अनुसार मिडियाको गाडीमा सवार रहेका दुई व्यक्तिहरुलाई पनि ढुंगाले लागेको छ ।

ट्रुडोले गत अगष्टमा क्यानाडामा मध्यावधि चुनावको घोषणा गरेका थिए । एक हप्ता अगाडि ट्रुडोले विरोधिहरुको घुसपैठ भएको भन्दै आफ्नो एउटा चुनावी सभा स्थगित गर्नुपरेको थियो ।