नेपाल र बंगलादेशको महिला टिमको मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा

everest kitchen

काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार र आगामी सोमबार घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आगामी वर्ष हुन लागेको एएफसी महिला एशियन कपको छनोट खेल खेल्ने तयारी अनुरुप मैत्रीपुर्ण खेल खेल्न लागिएको हो।

अर्को वर्ष भारतमा हुने एएफसी महिला एशियन कपको आयोजना गरिदै छ। दशरथ रंगशालामा नेपालको महिला सिनियर टिमले खेल्न लागेको यो पहिलो पटक हो ।

यसअघि महिला टिमले सन् २०१६ डिसेम्बरमा मलेसियासँग भएको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको थियो ।