घुससहित नायब सुब्बा उमेशकुमार चौधरी पक्राउ

everest kitchen
photo file

काठमाडौ । घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा उमेशकुमार चौधरी पक्राउ परेका छन् ।

ले चौधरीलाई सेवाग्राहीबाट लिएको आठ हजार पाँच सय रूपैयाँ घुससहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट मंगलबार पक्राउ गरेको हो ।

चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन विभिन्न बहाना बनाई आठ हजार पाँच सय रूपैयाँ माग गरेको उजुरीका आधारमा पक्राउ गरिएको स्रोतले जनाएको छ । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।