लघुकथा – ठूलो मान्छे को ?
अनुग्रह राना मगर ‘पुस्प’
हरि आठ (८) बर्षको हुँदा उसको बुवाले घनले तामाको पातालाई घुमाई घुमाई कुँदी रहेको देखेका थिए । सानै उमेरदेखि तृक्ष्ण बुद्दी भएका बालक थिए हरि । एकदिन यसैगरी रहेको बेला मनमनै सोँचे .. मेरो बुवा कालिगड नै हुन् । जसको मेहनतले विस्वभरी नाम चलेकाछन् । तर बिडम्पना बनाउनेको होइन ? जसले त्यहाँ राख्यो उसको ? किन होला भनेर उसको दिमागमा प्रश्न थुप्रीयो ।
अब हरि दस (१०) बर्षका भए । यस्ता कामहरू उसको उमेरसँगै बढ् जाँदा थुप्रै देखि सकेका थिए । उसले बिचार गरे । एकदिन म यसको बारेमा बुवासँग बुझेरै छाड्छु भन्ने इच्छा जागेको थियो । त्यो इच्छा आज पूरा हुँदैछ हरिको ।
अहिले पनि बुवा उहीँ सुरले घन ठोकी रहेकोछ । अनुहारमा कालो पोतिएर नचिन्ने धँसिगारे जस्तो भएकोछ । तर आफ्नो कलालाई मर्न दिनुभएको छैन । कहिले पसिना पुछ्दै त कहिले पानी पिउँदै ।
हरिवर आफ्नो मिहिनेतलाई लगनशीलतामा भरी राख्छन् । कसैले सोध्यो भनेपनी ठिकै छ भन्छन् । गाँस,बास र कपास आफ्नै परिश्रमबाट जुटेको छ भन्छन् । यस्ता कुरा सुनेर गाउँलेहरु पनि अचम्ममा पर्छन् उसको मिहिनेत र परिश्रमलाई चिनेपछी ।
आज बिद्यालयबाट हरि घर आई पुगे र बुवाको आरान तिर सिधै लागे । बुवा – (माया गर्दै) छोरा आएयौ ।
छोरा – आएँ बुवा.. अनि मेरो बुवा के गर्दै हुनुहुन्छ हो ?
बुवा – थाहा छ नि मेरो बाबुलाई .. तिम्रो बुवा के गर्नुहुन्छ भनेर.. । बरु लु जाऊ उता घरमा आमासँग खाजा मागेर खाउ । छोरा – हुन्छ बुवा । तर नि बुवा आज एउटा कुरा सोध्न मन लागेको थियो । बुवा – के कुरा भनन ?
छोरा – थाहा छ हजुरलाई अस्ति हामी त्यो मन्दिरको छेउ भएर जाँदा , अनि हामीलाई भगवानसँग भित्र पसेर केही माग्न खोज्दा पुझारिले तिमिहरु भित्र पस्न हुँदैन भनेको थियोनी … फेरि त्यो मन्दिरको गजुर त हजुरले नै बनाउनु भएको अरे त ?
बुवा – हो त ..
छोरा – अनि त्यो गजुर चाहिँ चल्नेरे .. । हामीले छोएको पानी नचल्ने , हामी भित्र पस्न नमिल्ने ? कस्तो चलन हो यस्तो। तपाईंको हाम्रो पक्षमा भगवान किन बोल्दैनन् । अब भन्नुहोस् त “ठूलो मान्छे को ?” तपाईं कि गजुर राख्ने मान्छे ?