श्रष्टाद्वयको कृति बिमोचन

everest kitchen

बिराटनगर । नोवेल साकोस साहित्य संस्था शाखा बिराटनगरमा आयोजित एक कार्यक्रममा कवि शारदा कार्कीकाे बसन्ती ( छन्द कविता सङ्ग्रह ) र मिना श्रेष्ठ सबिको ‘ (पाेल्टाकाे काेसेली’) मुक्तक सङ्ग्रह नामक दुइवटा पुस्तकको संयुक्त रुपमा लोकार्पण भएको छ।

प्रमुख अतिथि प्राज्ञ विवस पोखरेल र सकाेस बिराटनगर उपाध्यक्ष अजिता प्रधानकाे सभापतित्व सम्पन्न सो कार्यक्रममा अतिथिहरूमा मधु पोखरेल, दुर्गा प्रसाद सिग्देल, बिष्णु प्रसाद दाहाल, शान्ता दाहाल, खड्ग कुमारी श्रेष्ठ रहेका थिए।

बसन्ती छन्द कविता संग्रह समिक्षक हरि कट्टेल ज्यू र मुक्तक पोल्टाको कोसेली समिक्षा कविता केसरी ज्यूद्वारा समीक्षा गरिएको थियो।

बाक्लो उपस्थिती रहेको सो बिमोचन कार्यक्रममा आमन्त्रीत अतिथिहरूले दुबै श्रष्टाहरूलाई बधाई दिदै साहित्यिक यात्रा अझै प्रगति बनोस् भन्ने शुभकामना दिएका थिए।