मलेसियाको यी तीन राज्यमा ईएमसीओ थपियो

everest kitchen

मलेसिया । मलेसियाको विभिन्न तीन राज्यहरुमा थपिएको आवागमन नियन्त्रण आदेश (ईएमसिओ) लागु हुने भएको छ । मलेसियाको पाहाङ, पेराक र साबाह राज्यमा ईएमसिओ लागु गरिएको हो ।

मलेसियाको राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का महानिर्देशक दातुक रोडजी एमडी सादका अनुसार पाहाङ र साबाहमा १३ सेप्टेम्बर देखि ईएमसीओ लागु गरिएको छ भने २६ सेप्टेम्बरमा सकिने छ

त्यस्तै पेराक राज्यमा भने १२ सेप्टेम्बर देखि नै ईएमसी लागु गरिएको र २५ सेप्टेम्बर सम्मको लागि ईएमसीओ जारी गरिएको बताएको छ । यसअघि पाहाङ र साबाहमा लागु गरिएको ईएमसीओ १२ सेप्टेम्बरमा सकिएको छ ।

मलेसियामा हिजोमात्रै १९ हजार ५५० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको थियोे भने २१ हजार ७७१ जना निको भएका थिए । साथै हिजो मात्रै ५९२ जनाको निधन भएको तथ्यांकमा उल्लेख छ ।