मलेसियामा कोरोनाबाट एकैदिनमा ५ सय ९२ जनाको मृत्यू

everest kitchen

कोरोनाको कारण मलेसियामा शनिबार एकैदिन ५ सय ९२ जनाको मृत्यु भएको छ ।
कोरोना महामारीको कारण मलेसियामा दैनिक नयाँ बिरामिको संख्या उस्तै रहेको अवस्थामा मृत्युदर भने एक्कासी बढेको छ । शनिबार कोरोनाको कारण मृत्यु हुनेको संख्या एक्कासी बढेर ५ सय ९२ पुगेको हो ।
मलेसिया सरकारले कोरोना संक्रमणदर घटाउन अनेक उपाय गरेता पनि खासै प्रभावकारी हुन नसकेपछि खोपको दर बढाएको थियो । खोपको दर मलेसियामा राम्रो भएसँगै सरकारले लकडाउनलाई खुकुलो बनाएको छ ।
मलेसियामा दैनिक सरदर २० हजारको हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन भने दैनिक अढाईसयको हाराहारीमा कोरोना संक्रमितको मृत्यु हुने गरेको छ ।