रावलको सट्टा लेखराजलाई नै सुदूरपश्चिम इन्चार्जमा निरन्तरता दिने रणनीतिमा ओली

everest kitchen

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै दिने प्रस्ताव अघि सारेका छन्।

पुस ५ अघि रावल नै सुदूरपश्चिमका इन्चार्ज थिए। सर्वोच्चको फैसलापछि माओवादी र एमाले छुट्टा छुट्टै दल भएपछि एमालेमा लागेका भट्टलाई फागुन २३ गते ओलीले सुदूरपश्चिमको इन्चार्ज तोकेका थिए।

आइतबार बिहान बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले तत्कालिन इन्चार्ज भीम रावललाई उपाध्यक्षको हैसियतमा पार्टीको अन्य कामको जिम्मेवारी दिने भन्दै भट्टलाई नै इन्चार्जको रुपमा काम गर्न दिने प्रस्ताव अघि सारेका हुन्।

रावललाई उपाध्यक्षको हैसियतमै र भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा जिम्मेवारी दिने तयारी ओलीले गरेको बुझिएको छ । यद्यपी ओलीको प्रस्तावसँगै रावलले आफू अन्यायमा परेको भन्दैं आफू निकट नेतासँग छलफलमा जुटेका छन्।