बिनोद दनुवारको ‘गाईघाट बजार २’  सार्वजनिक (भिडियो )

everest kitchen

काठमाडौं । पूर्वाञ्चलका प्राय सबै जिल्लाहरु समेटिएका पुर्बेली भाका “गाईघाट बजार” गीतले  यस अघि राम्रै चर्चा पाएको थियो । उक्त गीतमा गायिका रिता राई र गायक बिनोद दनुवारको स्वर थियो भने संगित निकेश राई र शब्द मंगल राई ज्यु को थियो । सोही गीतको दाश्रो संस्करण हो “गाईघाट बजार २” ।

मंगल राईको शब्द रहेको यस गीतमा निकेश राईले संगीतबद्ध गरेका छन् भने गितमा विनोद दनुवार, सुनिता थेगिम , विजय राई, मनमा वि राई र रीता राईले स्वर भरेका छन् । यस भिडियोमा मुख्य पात्र नायक नायिकाको रुपमा चर्चीत हाँस्यकलाकार मोडल उमेश राई (फुलन्देकी आमा) अनुसा राई, दुर्गा बान्तावा, सिता राईले अभिनय गरेका छन् ।

भिडियोलाई र दुर्गा बान्तावा, मनोज राईले छाँयाङकन गरेका हन । गीतको भिडियोलाई सुम्निमा पारुहाङ म्युजिक प्रालिको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतका गायक आईएमई नेपाल लोक स्टारको सेकेन्ड रनरअप बनेका गायक बिनोद दनुवार हुन । उनले यसअघि  गाईघाट बजार, माया कैले पुरानो हुदैन, म हु गोर्खाली लाहुरे, एक्का दुक्का चोैकारे, परदेशिको कर्म, दुई एकान दुई, हलेशि बजार, पुर्बको बसमा, भोर्लाको पात, आमाको माया, रोैता डाडामा, बाचा कसम, अन्डिको निगार,  पहिलो अनि अन्तिम माया, हे दाजु भाई हो, म हु निर्दोष, लाउदिन अब माया, माग्योै तिम्ले बाँस, नाटकै रहेछ जिन्दगी, आयो दशै तिहार लगायतका थुप्रै गितहरु सार्वजनिक गरिसकेका छन् ।

त्यस्तै, यस गीतका संगितकारसमेत रहेका  समाजसेवि तथा गीतकार मंगल राईले विशेष गरि गाँउघरको परिवेशलाई समेटेर पुर्वेली गितहरुमा कलम चलाउदै आई रहेका छन्