देउबा पत्नी आरजु भइन् कांग्रेस क्षेत्रीय प्रतिनिधि

everest kitchen

डडेल्धुरा। डडेल्धुरामा विवादबीच नेपाली कांग्रेसको वडा अधिवेशन भएको छ। गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेस नेता आरजु राणा देउवा पनि क्षेत्रीय प्रतिनिधि बनेकी हुन्।

त्यस्तै,वडा सभापतिमा ज्ञानुकुमारी सेठ्ठी भएकी छन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको वडाअध्यक्ष चेतराम भट्टले जानकारी दिए।

भट्टका अनुसार वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका एक मात्र सन्तान जयवीरसिंहको पनि नाम छ। यद्यपि सभापति देउवाको क्रियाशील सदस्यता भने केन्द्रबाटै रहेको उनले बताए।

देउवा र आरजुका एक मात्र सन्तान जयवीरसिंहले भने कुनै पदमा उम्मेदवारी दिएनन। हाल उनि राजनीतिमा सक्रिय नहुने भएपछी उनले कुनै पदमा आफ़्नो उम्मेदवारि दिएनन।