सरकारले कालापानी लिपुलेकको विकासका लागि वजेट छुट्याउनुपर्छ : विद्यार्थी नेता बस्नेत

everest kitchen

कञ्चनपुर । सत्तारूढ माओवादी केन्द्र निकट अखिल( क्रान्तिकारी ) का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले कालापानी लिपुलेक क्षेत्रको विकासका लागि वजेट छुट्याउन सरकारसंग माग गरेका छन् । बस्नेतले उक्त क्षेत्र नेपालको अभिन्न र अकाट्य भुभाग भएकाले त्यहाँको विकासको लागि वजेट विनियोजन गर्नुपर्ने धारणा राखेका छन् ।

सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा वुधवार आयोजित अखिल (क्रान्तिकारी)को १३औं जिल्ला सम्मेलनमा वोल्दै बस्नेतले भने ( नेपालको सार्वभौमसत्ता सम्पन्न संसदले कालापानी , लिपुलेक र लिम्पियाधुरा सहितको भुभाग हाम्रो हो भनेर नक्सा प्रकाशित गरिसकेपछि विकास निर्माणको दायित्व पनि लिनुपर्दछ।ु त्यसका लागि राष्ट्रिय वजेटमा उक्त क्षेत्रलाई समेट्नुपर्ने बस्नेतले वताएका छन्।

भारतीय अतिक्रमणमा परिरहेको नेपाली भुमिमाथिको स्वामित्व स्थापना गर्न सानै आकारमा भएपनि वजेट छुट्टाउनु पर्ने बस्नेतले जिकिर गरे। उनले राष्ट्रिय स्वाधीनताको मामिला निकै वन्दै गएकाले सवै देशभक्त नेपाली सजग हुनुपर्ने वताए।

कार्यक्रममा माओवादी केन्द्रका सुदुपश्चिम इन्चार्ज खगराज भट्टले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि युवा विद्यार्थी सदैव जागरुक हुनुपर्ने वताए।

कार्यक्रममा माओवादी केन्द्रका रेणु चन्द, टेकेन भट्ट , सरल भाट , विद्यार्थी नेताहरु मदन भुल , भीम भट्ट , पार्वती नेगी लगायतले शुभकामना मन्तब्य राखेका थिए। अनेरास्ववियू (क्रान्तिकारी )को १३ औं जिल्ला सम्मेलनले कैलाश गिरीको नेतृत्वमा ६५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।