नेपाली काङ्ग्रेसको बझाङको सचिबमा ज्ञानेन्द्र सिंह ठकुरीको उम्मेदवारी

everest kitchen

समीर मल्ल
बझाङ । नेपाली काङ्ग्रेस बझाङ जिल्लाको सचिबमा युवा नेता ज्ञानेन्द्र सिंह ठकुरिले उम्मेदवारी दिने भएका छन । नेपाली काङ्ग्रेसको आसन्न १४ औ अधिबेशनमाको लागि उनले उम्मेदवारी दिने घोषणा गरेका हुन ।

सचिबमा उम्मेदवारी दिन लागेका सिंह २०४८ सालदेखी सरस्वती उच्चमाविको नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेबिसंघबाट राजनिती सुरु गरेका थिए । सिंह नेबि संघ बझाङको ५ औ जिल्ला अधिबेशनबाट जिल्ला सदस्य हुँदै छैटौ जिल्ला अधिबेशनबाट जिल्ला उपाध्यक्षको भूमिकामा रहेर समेत काम गरि सकेा छन् ।

नेपाली काङ्ग्रेसको जनसम्पर्क समिति मलेसियामा रहेर जनसम्पर्क समिती जोहोर राज्यको सल्लाहकारको रुपमा समेत काम गरिसकेका सिंह व्यावसायी तथा समाजसेवीको रुपमा पनि आफ्नो परिचयलाइ फराकिलो बनाउदै आएका छन् ।

डेढ दसक लामो समय मलेसियामा व्यावसायिक जीवन बिताउदै आएका सिंह मलेसियामा रहदा पनि विभिन्न संघसंगठनमा रहि काम गरिसकेका एक अनुभबी युवाको रुपमा आफुलाई प्रस्तुत गर्दै आएका छन् । बिक्रम सम्वत २०६२ सालमा मलेसियामा रहेका सुदूरपश्चिमेलि हरुलाइ सम्पर्कमा जोड्ने र सुदूरपश्चिमको कला सास्कृती लाई अन्तर्राष्ट्रिय स्थरसम्म प्रचारप्रसार तथा चिनाउने उदेश्यले मलेसियामा सुदूरपश्चिम समाजको स्थापना गरि विभिन्न सामाजिक कार्य गर्दै सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाकोको संरक्षक तथा समाजको अन्तर्राष्ट्रिय समितिको एसिया संयोजकको भुमिका रहेर काम गर्दै आएका छन् ।

त्यस्तै, विश्वभरी रहेका नेपालीहरुको साझा संगठनकोरुपमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएन मलेसिया )को सदस्य, युवा संयोजक हुँदै उपाध्यक्षको रुपमा समेत रहेर काम गरेका सिंह पछिल्लो समय गृह जिल्ला बझाङमा रहेर सक्रिय राजनीतिमा लाग्दै आएका छन् ।

लामो समय प्रवास तथा नेपालमा बटुलेको अनुभवलाई गाउघर, समाज तथा जिल्लाको बिकासमा काम गर्ने सोचका साथ नेपाली काङ्ग्रेसको आगामि १४औ केन्द्रिय महाअधिबेशनमा नेपाली काङ्ग्रेस पार्टी बझाङ जिल्लाको सचिबमा उम्मेदवारी दिन लागेको सिंहले बताएका छन् ।

मलेशिया , थाइल्यान्ड , सिङापुर, इन्डोनेसिया , फिलिपिन्स थाइल्यान्ड , बङ्गलादेश , भियतनाम , दुबइ , ओमन , साइपरस , चाइना माल्दिब्स पाकिस्तान बुर्नाइ आदि देशहरुमा भर्मण गरिसकेका सिंह बिदेश बसाईको अनुभबलाइ जिल्लामा लागू गर्न चाहेको बताउद‌ै आएका छन् ।

काङ्ग्रेसको युवापंक्तिमा निकै रुचायका नेता सिंहको उम्मेदवारीले बझाङका बिकासप्रेमी युवाहरु निकै उत्साहित भएको उनका एक सहयोगले बताए ।