नेपालमा थप १५ सय ११ जना संक्रमित थपिदा ११ जनाको निधन

everest kitchen

काठमाडौं । पछिल्लो २४ घण्टामा १५११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ७९ जनामा गरिएको परीक्षण १५११ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८९ जना संक्रमित निको भएर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २५७७२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लोपटक नेपालमा कोभिड-१९ बाट हुने संक्रमित दर र संक्रमित मध्येबाट निको हुनेको दर करिबकरिब एकै रहेको तथ्यांकले देखाउछ । हालसम्म नेपालमा कोभिड-१९ बाट ११ हजार २ जनाको निधन भएको छ ।