नेपाल मै पहिलो पटक ‘ग्रेटेस्ट जिबी प्लान’

everest kitchen
file photo

काठमाडौ । स्मार्ट टेलिकमले नेपालमा टेलिकम जगत मै पहिलोपटक ‘अब जमाना जिबीको’ भन्ने नारा सहित ‘बाई बाई एमबी’ क्याम्पेन अन्तर्गत ‘ग्रेटेस्ट जिबी प्लान’ प्रस्तुत गरेको छ ।

स्मार्ट टेलिकमले बढ्दो डाटा प्रयोगकर्ताहरुलाई मध्येनजर गर्दै सजिलै प्रयोग गर्न सकिने ‘ग्रेटेस्ट जिबी प्लान’ अन्तर्गत आकर्षक ३५ रुपैयाँमा १ जिबी डेलि डाटा तथा ९० जिबी १५०० रुपैयाँमा ९० दिनका लागि निःशर्त रुपमा फेसबुक, इन्स्टाग्राम, टिकटक, गेमिब लगायत सबै डिजिटल प्लाटफर्ममा प्रयोग गर्न सकिनेगरी ल्याएको हो ।

अझ कम र सहज मूल्यमा ‘ग्रेटेस्ट जिबी प्लान’मा ७ वटा फरक-फरक डाटा प्लान रहेको छ । प्रयोगकर्ताहरूले स्मार्ट जिबी प्लान दैनिक प्रयोग, गेमिङ, वर्क फ्रम होम, मुभिहरु हेर्न सजिलै प्रयोग गर्न सक्दछन् ।

स्मार्ट टेलिकमले डाटा प्रयोगकर्ताहरुलाइ ‘ग्रेटेस्ट जिबी प्लान’ले सहजै जहाँ सुकै डाटा चलाउन, सधै इन्टरनेटमा जोडिन रहन टेवा पुर्याउने छ भनि विश्वास लिएको छ ।