नोराको हट अवतारले तान्यो ध्यान (फोटोसहित)

everest kitchen

बलिउड। बलिउड नगरीमा नायिकाहरुले विभिन्न समयमा विभिन्न अवतार प्रस्तुत गरेर आफुलाई चर्चामा ल्याउदै दर्शकको ध्यान तान्ने गरिरहेका हुन्छन् । यस्तैमा नायिका तथा मोडल नोरा फतेहीले सबैको ध्यान आफु तिर तानेकी छन् । आकर्षक नृत्यका कारण मात्र नभएर हट अवतारका कारण पनि चर्चामा आउँने उनले हालै हट फोटो सुट गरेर चर्चामा आएकी छन् ।

नारा हालै मात्र मुम्बइको सडकमा हट अवतारमा देखिएकी छिन् । सेतो रंगको पहिरनमा मुम्बई सडकमा क्यामेराको अगाडि क्लिक भएकी नोराको बोल्ड अवतारले सामाजिक संजालमा हंगामा नै मच्चाएको छ ।

आफ्नो आकर्षक फिगर शो गर्दै नोराले गसिप बजारमा तरंग ल्याएकी हुन्छिन् । दैनिक जीम धाउने नोरा फिटनेशनको मामालामा पनि अब्बल नोराको नयाँ गेटअपलाई उनका फ्यानहरुले रुचाएका छन् ।

क्यानाडामा जन्मिएकी नोराले तेलुगु चलचित्र ‘टेम्पर’मा आइटम नृत्य गरेपछि चर्चा कमाएकी थिइन् । यस्तै, उनले चलचित्र ‘किक २’मा समेत काम गरेकी छिन् । दिलबर दिलबर’ बोलको गीतमा आइटम नृत्य गरेपछि उनको चर्चा झनै चुलिएको थियोे ।

नोरा सन् २०१५ मा ‘बीग बोस ९’मा सहभागी भएकी नोराले ‘झलक दिखलाजा’ नामक रियालिटी शोमा समेत प्रतिस्पर्धा गरेकी थिईन ।