नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटन

everest kitchen

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा रहने भएको छ। नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ।

अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उनले पार्टीको कार्यालयको उद्‌घाटन गरेका हुन्। शुक्रबारदेखि उक्त कार्यालय सञ्चालनमा आएको छ ।

सो अवसरमा अध्यक्ष नेपालले नअल्मिएर पार्टीले राजनीतिलाई अगाडि बढाउने बताए । त्यस्तै सबै सकरात्मक शक्तिहरुसंग मिलेर हातेमालो गर्दै जाने र पाँच दलिय गठबन्धनलाई चुनाव सम्म लैजाने बताए

नेकपा एमालेबाट विभाजन भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरिएको थियो।