हामीले नचिनेका जनप्रतिनिधि र परदेशीको सपना

everest kitchen

रमेश सिंह ऐर
मेरो नाता मेरो परिवार संग मात्रै छैन, मेरो नाता म जन्मेको गाउँ,घर , समाज संग छ,र मेरो नाता मेरो स्वर्ग भन्दा प्यारो मेरो मातृभूमि नेपाल संग पनि छ। बर्षौ देखिको फोहोरी राजनीतिका कारण म लगायत लाखौं युवायुवतीहरू अर्काको देशमा रगत र पसिना बगाई राखेका छन ।अझै पनि झिनो आस बोकेर राष्ट्रको हितमा कसैले केहि गर्छ कि भन्ने आशा र बिश्वासमा छन तर त्यो भबिस्यले बताउँने छ।

म स्वतन्त्र हो भन्दै मासुभात र रक्सीका बोतलमा बिक्ने र बर्सौ वर्ष देखि राजनीतिमा लागेर अहिले सम्म सिन्को नभाँच्ने गद्दार,चोर,भ्रष्ट,ब्यक्तिगत स्वार्थको लागि राजनीतिको नाममा आफ्नो घरपरिवार पाल्ने, नातावाद लाद्ने ,घर घरेडी किन्ने भाषण गर्दा नानाथरी आश्वासन बाड्दै हिन्ने तर गाउँ घरमा बाटो पनि नबनाउने ति चतुरहरुको पतन नभए सम्म हाम्रो गाउँ ,समाज र राष्ट्र कहिले बन्दैन ।

युवाहरुको मनोभावनालाई उचित सम्मान र मुल्यांकन नगरे सम्म राष्ट्र बन्दैन , गाउँघरका सोझा साझा गरिब बाबा-आमाले दिएको भोटको सहि सदुपयोग नभए सम्म हाम्रो गाउँ समाज बन्दैन , बिदेशमा दिनरात नभनि ५५ डिग्रीको तातो घाममा काम गर्ने नेपाली दाजुभाइ , दिदीबहिनीले पाठएको रेमिटेन्सलाई देश बिकासको क्षेत्रमा नलगाए सम्म र भ्रष्टाचार गर्ने प्राणघातक रोग भन्दा खतरा राष्ट्रका भ्रष्टाचारी दलालहरुको सोच परिवर्तन नभए सम्म देश बिकास सम्भव छैन ।

सात समुद्र परीबाट घर परिवारको मायाले तड्पिएको छोराले फोन गर्दा घरको फोन लाग्दैन, धेरै दिनमा फोन लाग्छ र बाबाले भन्नू हुन्छ `बाबू तिमिलाई फोन गर्न हामी १ घण्टा उकाली हिडेर आएका हौ ,अनि आमाले भन्नू हुन्छ पैसा पठाउन त हुन्थ्यो नि छोरा के कसरी पठाउछ्स गाउँमा केही सुबिधा छैन, गाडी चढ्न ३ दिनको बाटो हेडेर जानुपर्छ ।

छोराको माया लागेर हामी सकि नसकी उकाली चढेर आएका हौं ´बाबा-आमाको यो कुरा सुनेर प्रदेशी छोराको गहभरी आसु भरिन्छ र सोच्न बाध्य हुन्छ अनि यहि हो त सयौं बर्ष देखिको बारम्बार राजनीति परिबर्तन? ,गाउँ समाज र राष्ट्रिको बिकास ? हाम्रो देशमा राजनीति के का लागि हुँदै छ ? चुनाव के का लागी हुदै छ ? हाम्रा बुबा आमाले दिएको भोटले कस्को भबिस्य बन्दै छ? प्रश्ननै प्रश्नले आफैंलाई पिरोलि रहेको हुन्छ ।

बिकासवादी हुन अथवा बिनासवादी (स्वार्थवादी) हुन भनेर अझै हाम्रो समाजले चिनेको छैन र? चुनाव जिताएर गाउँमा केही बिकास होस । केहि राम्रो काम गरोस् भन्ने जन प्रतिनिधिबाट नै पटकपटक गरिब दुखी जनतामाथि किन प्रहार हुँदै छ त ? यसलाई सबैले चिसो दिमागले सोच्ने बेला आएको छ।

अब आउने चुनावमा नयाँ पुस्तालाई नेपाली राजनीतिको लगाम दिनु अनिवार्य छ। गाउँमा बाटाघाटा बनाउनु छ, सडक पुर्‍याउनु छ, शुद्ध खानेपानी पुर्‍याउनु छ , उपचार नपाएर अकालमै मृत्युहुनेहरुको लागि अस्पताल बनाउनु छ, अध्यारो गाउँ घरमा बिजुली बत्ति पुर्‍याउनु छ ।

प्रदेशी छोराले जतिसुकै बेला पनि आफ्नो आमा बुबा , घरपरिवार र सम्पुर्णलाई फोन गर्न सक्ने गरि सबै ठाउँमा टावरको निर्माण गर्नु छ । ति अनाथ बालबालिकाहरुको उज्ज्वल भबिस्यको लागी गाउँमै विद्यालयको ब्यबस्था गर्नु पर्ने छ र बिदेशमा भएका दाजुभाई तथा दिदिबहिनीहरुलाई
घर फर्काउने बाताबरण तयार पार्नु पर्ने छ।

हाम्रो गाउँ घरमा पाइने जडिबुटी, आफ्नै बारीमा फलेको तरकारी बेचेरै भए पनि आफ्नो भबिस्य निर्धारण गर्नु छ। आफ्नै खेतबारीमा उब्जाएको मकै, कोदाको रोटी खाएर पिजाहट र केएफ सी खाएर गफ हाक्नेहरुको अगाडि गाउँको खेतको स्वाद चाखाउनु छ । अब गाउँका गरिब , दु:खी , अपाङ्ग ,असाहाय,अशक्त र बिदेशको भुमिमा अर्काको हेपाई,चेपाई,लठ्ठी अनि रातदिन नभनेर जीवन गुजार्ने सबैको सपनाको बिउमा मल,पानी हाल्नु छ।

गाउँ ,समाज र राष्ट्रको हितको लागी सधैं तयार हुने राष्ट्रको असल सपूतलाई तपाई हामीले भोट हाल्नु आजको समयको अवस्यकता हो। त्यसैले आफ्नो जिन्दगीको भारी बिसाउनेलाई होइन ,गाउँ समाज र राष्ट्रको जिम्मेवारीको झोला बोकेर लामो यात्रा गर्ने सक्ने नेपाली आमाको दुध खाएर हुर्किएका असल प्रतिनिधि छानौ। धन्यवाद !
जय देश ! जय नेपाल !!

(सुदुर पश्चिम (महाकाली), बैतडी ८ सिगास (लेक)
हाल: मलेशिया पेनाङ्ग)