कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बने

everest kitchen

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषणा गरिएको हो ।

विजेता भएसंगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन् ।

भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाका हुन भने विक्की भने भारतको सिक्किमबाट सहभागी भएका थिए । विभिन्न नयाँ तरिका प्रस्तुत गरेर दर्शकको मन जितेका बिक्की, दुरुस्त क्यारीकेचर गरेर दर्शकको मन जित्न सफल भरतमणि र यथार्थ परक प्रस्तुति पस्केर दर्शकको मन जितेका सन्तोष तीनैजना उत्तिकै प्रतिभाशाली विजेता भएको वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ बताए ।

ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो । कार्यक्रमको सो अवसरमा हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए ।