मलेसियाबाट एकैदिन ६ शव र १५ अस्तु ल्याइयो, २० वर्षपछि बाकसमा फर्किए गोबिन्द

everest kitchen
फोटो : परिवारले शव बुझ्दै / जन उद्धार केन्द्रको फेसबुकबाट

विपेन उलङगे
काठमाडौं । मलेसियाबाट एकैदिन ६ जना नेपालीको शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरूको विभिन्न कारण मृत्यु भएका उनीहरूको शव र अस्तु शनिबार नेपाल ल्याइएको हो।

६ जनाको शवसँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ। नेपाली राजदुतावास मलेसिया र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो।

साथै, २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको शव समेत नेपाल पठाएको जन उद्धार केन्द्रले बताएको छ । नेपाल फर्कन भनेर बिमानस्थल पुगेका अकस्मात बेहोस भै ढलेका लम्जुङका गोबिन्द कुमार थापाको शव पनि नेपाल पुगेको हो ।

दुधपोखरी गाउँ पालिका -६ लमजुङ घर भएका गोबिन्द कुमार थापा को शवलाई बिमानस्थलमा उपस्थिति भएर बरिस्ठ हांस्यकलाकार मनोज गजुरेल , पत्रकार सबिन धमला र जनउद्धार केन्द्रका नेपाल संयोजक मुकुट रायमाझीले मृतकको शव परिवारलाई बुझाएको केन्द्रले उल्लेख गरेको छ ।

जन उद्धारका अनुसार गोबिन्द बिगत १९ बर्षदेखि मलेसियाको पेनाङ्गमा अबैधानिक रुपमा बसिरहेका थिए । त्यसअवधिका पनि उनी नेपाल नफर्किएपछि थापाका कान्छा छोराले घर फर्कनको लागि बारम्बार दवाब दिएपछी घर फर्कन राजी भएका थिए ।

स्वदेश फर्केर आफ्नो परिवारसंग बाँकी जीवन बिताउने सोचेका साथ नेपाल फर्किनको लागि बिमानस्थल पुगेका थापा अकस्मात बेहोस भएर मलेसियाको पेनाङ स्थित एक अस्पतालमा भर्ना भएका थिए ।

थापाको बारेमा जन उद्धार केन्द्रले थाहापाएपछि अस्पताल भर्ना गरि उपचार सुरु गरेको थियो । यद्यपि उनलाई गत सेप्टेम्बर २ मा अस्पतालले उनलाई मृत घोषित गरेको केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार गोबिन्द कुमारको जिबित शरीर नेपाल नपुगेपनी पार्थिब शरीर नेपाल पठाउन उनको परिवारले आग्रह गरेको र उनको पारिवारिक स्थिति अत्यन्तै नाजुक रहेको जनउद्धार केन्द्र मलेसियाको पहलमा आर्थिक संकलन गरि उनको शव नेपाल पठाएको हो ।