मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डे फर्कने

everest kitchen

नेपाल सरकारले आज गरेको निर्णयको कारण मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डे नेपाल फर्कने भएका छन् ।
केपी ओली प्रधानमन्त्री हुँदा नियुक्त गरिएका राजनैतिक नियुक्तका राजदुहरुलाई फर्काउने निर्णय शेरबहादुर देउवाको सरकारले गरेको हुँदा पाण्डे नेपाल फर्कने भएका हुन । उनिसँगै अन्य १२ देशका राजदुत पनि नेपाल फर्कने छन् । ति देशहरुमा चीन, बंगलादेश, कतार, अमेरिका, इजरायल, स्पेन, दक्षिण अफ्रिका, भारत, बेलायत, ओमान, जापान रहेका छन् ।
मलेसियामा झन्डै ३ बर्ष अगाडी राजदुत नियुक्त भएर आएका उदयराज पाण्डे आफ्नो कार्यकालभर कम विवादित भए । श्रमिकमैत्रि कतिपय कामहरु गरेकोमा उनको प्रशंसा पनि भयो । बिभिन्न संघ संस्थाहरुलाई मलेसियामा सक्रिय भएर राम्रो काम गर्न उक्साई रहेका हुन्थे ।
पछिल्लो समय पारिवारीक कारणले नेपालमा रहेका पाण्डे मलेसिया फर्कन नपाउदै नेपाल सरकारले उनलाई फिर्ता बोलाएको छ ।