लघुकथा -“पढाई”

everest kitchen

लघुकथा -“पढाई”

एल.बि.राई
घनश्याम बाजे एउटा घरमा बास बस्न पुग्यो।बाजे थकित र चिन्तित देखिन्थे । उदास देखेपछि घरबेटीले सोध्यो-“कहाँ देखि कहाँ सम्मको यात्रा हो हजुरको ? हजुरको मुहारले कुनै लुकेको ब्यथा छ भन्ने आभास दिलाउँछ नि ?

“घनश्याम बोल्यो- “हो हजुर मेरो मनकै कुरा भन्नुभयो । म अदालत हिँडेको । छोराले अंशको मुद्दा हालेछ । प्रतिवादी दिन जाँदैछु।

” घरबेटी बोल्यो-“छोरालाई पढाउनु पर्ने थियो । तपाई चुक्नु भएछ । ” घनश्याम बोल्यो-“होइन हजुर पढाएर नै वकिल बनाए हुँ ।

” घरबेटी बोल्यो- “मैले यस्तो पढाई भनेको होइन । यो पढाई अनुसार त छोराले सही काम गरेको छ।वकिलको धर्म नै यो हो कि मुद्दा गर्नु / गराउनु अनि मुद्दा लड्नु/लडाउँनु ।वास्तविक पढाई भनेको त भागवत गीताको दिव्य ज्ञान हाँसिल गर्नु हो जहाँ मातापिता भगवान समान हुन् भन्ने लेखिएको छ।”