पुनरावृति कार्यक्रम उपयोग गर्दै मलेसियाबाट सजिलै नेपाल फर्कदै श्रमिकहरु

everest kitchen
photo file

मलेसिया । मलेसियामा अबैधानिक अवस्थामा रहेका विदेशि नागरिकहरुको लागि मलेसिया सरकारले “रिक्यालीब्रेसन् प्रोग्राम”(पुनरावृति) कार्यक्रम जारि गर्दै आएको छ । यसअघि लागु गरिएको नियम अनुसार सिधैं एयरपोर्टमा टिकट, यात्रा अनुमतिपत्र र कोरोना टेस्टको (पिसिआर) रिपोर्ट बोकेर गए स्वदेश फर्किन पाइरहेका छन् ।

कोविड महामारीले गर्दा अफिसहरु समयमै सञ्चालनमा आउन नसकेपछि मलेसिया इमिग्रेसनले नयाँ नियम ल्याएको हो । यस नियम अन्तर्गत अब अबैधानिक हैसियतमा रहेका विदेशि नागरिकहरुले एजेन्ट वा अन्य कुनै बिचौलीयाको सहयोग बिना सिधै एयरपोर्टमा फिगंरिङ्ग गरेर घर फर्किन पाउने भएका छन् । यो व्यवस्था आगामी डिसेम्बर ३१ सम्म लागु गरिएको छ ।

यस ब्यवस्थाबाट हजारौंको संख्यामा अबैधानिक हैसियतमा रहेका नेपालीहरुले पनि सेवा लिन सक्नेछन् । दुतावासका अनुसार यस कार्यक्रममा भाग लिनको लागि हवाई टिकट, पिसिआर रिपोर्टको साथमा आरएम ५०० बराबरको रकम भएको क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्ड लिएर विमानस्थल २४ घण्टा अघि जानु पर्नेछ । नगद कारोबार नहुने भएकोले तिर्नुपर्ने जरिवाना आरएम ५०० कार्डबाट तिराइने भएको हो ।

बिभिन्न कामदार श्रोत देशका दुतावासहरुले फिगंरिङ्गको लागि समय ब्यवस्थापन गर्न अनुरोध गरेको र आफ्ना नागरिकहरुलाई देश फर्कन बातावरण सहज बनाउन माग गरे बमोजिम ब्यवस्थापनमा सुधार ल्याइएको बताइएको छ । यो व्यवस्था यहि डिसेम्बर महिनाको अन्तिम सम्म लागु हुने छ ।